फ्रान्स र बेलायतका नेताहरू मत्स्य विवादको शीघ्र निरूपण गर्न सहमत : पेरिस

सोमबार, कात्तिक १५, २०७८

रोम । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटपछिको माछा मार्ने अधिकारलाई लिएर उठेको विवाद समाधान गर्न ‘व्यावहारिक र परिचालन उपायहरू’ मा काम गर्न सहमत भएका छन् ।  म्याक्रोनको कार्यालयले जनाएअनुसार दुई नेताहरूले रोममा भएको जी–२० शिखर सम्मेलनको मार्जिनमा लगभग २५ मिनेट भेटवार्ता गरेका थिए ।  सो अवसरमा दुई नेताहरू ‘जति सक्दो चाँडो’ ठोस कामका साथ उक्त विवादको शीघ्र निरूपण गर्नुपर्ने विषयमा सहमत भएको जनाइएको छ ।– रासस/एएफपी
 

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  ०६:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार