सुडानका लागि राष्ट्रसङ्घीय प्रतिनिधिद्वारा अपदस्थ प्रधानमन्त्री हमडोकसँग छलफल

सोमबार, कात्तिक १५, २०७८

खार्तुम (सुडान) । सुडानका लागि संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिनिधि भोल्कर पर्थेसले अपदस्थ सुडानका प्रधानमन्त्री अब्दल्ला हमडोकसँग देशको अवस्थाबारे छलफल गर्न भेट गरेका छन् । पर्थेसले ट्वीटमा लेखेका छन् “भर्खरै हामडोकलाई उहाँको निवासमा भेटेँ जहाँ उहाँ ठीक हुनुहुन्छ तर घरमा नजरबन्दमा हुनुहुन्छ । हामीले मध्यस्थताका विकल्पहरू र सुडानका लागि अगाडि बढ्ने बाटोका बारेमा  छलफल ग¥यौँ ।” 
यसैगरी संयुक्त राष्ट्रसङ्घका अधिकारीले देशका अन्य ‘सरोकारवालाहरू’ सँग छलफल जारी राख्ने बताएका छन् । सोमबार सुडानी सेनाले हामडोक र सरकारका अन्य धेरै सदस्यहरूलाई हिरासतमा लिएको थियो । सुडानी सङ्क्रमणकालीन सार्वभौम परिषद्का प्रमुख अब्देल फताह अल–बुर्हानले आपत्कालको घोषणा गर्दै सरकार भङ्ग गरेका छन् । मङ्गलबार हमडोक र उनकी श्रीमती घर फर्किएको खबर आएको थियो ।– एएनआई/स्पुतनिक
 

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  ०६:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार