सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं : नेपाल बार एसोसिएसनको बहिष्कारकाबीच प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराले आइतवार मुद्दा सुनुवाइ गरेका छन् ।
सर्वोच्च अदालतका १९ जना न्यायाधीशसमेत उनको राजीनामा मागेर अघोषित इजलास बहिष्कारमा रहेका बेला प्रधानन्यायाधीश जबराले मध्यान्हपछि आफ्नो इजलासमा पेसीमा राखिएका दुईवटा रिटको सनुवाइ गर्दै आदेश जारी गरेका छन् ।
जबराले एउटा रिटमा अन्तरिम आदेश जारी गरेका छन् भने अर्को एउटा रिट हेर्दाहेर्दैमा सकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
न्यायाधीश कुमार रेग्मीसँगको संयुक्त इजलासमा भने रेग्मी नगएपछि सुनुवाइ हुन सकेन ।
सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ प्रभावित
प्रधानन्यायाधीश जबराले मुद्दाको सुनुवाइका लागि आज इजलास तोकेपनि सुनुवाइ हुन सकेन । प्रधानन्यायाधीश राणाको एकल इजलासमा मात्र सुनुवाइ भयो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधीशले मुद्दाको सुनुवाइका लागि पेसी तोकेपनि प्रधानन्यायाधीशको एकल इजलासमा मात्र सुनुवाइ भएको बताए । गत आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि प्रश्न उठाउँदै न्यायाधीशहरु इजलासमा उपस्थित भएका छैनन् । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशहरुलाई पनि संविधान र कानुनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गरेका छन् । अदालतमा बेञ्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । यसका कारण टाढाबाट आएका सेवाग्राहीहरु पनि मर्कामा परेका छन् ।