प्रधानन्यायाधीशको पक्षमा केही कानुन व्यवसायीले गरे सेतोपट्टी बाँधेर प्रदर्शन

आइतबार, कात्तिक १४, २०७८

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा समेत केही कानुन व्यवसायीले सेतोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । उनीहरूले प्रधानन्यायाधीशको राजीनामा मागेर प्रदर्शन गर्ने नेपाल बार एसोसिएसनको आन्दोलनलाई काउन्टर दिन सेतोपट्टी बाँधेर पक्षमा प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार गर्न छाडेर इजलास सुनुवाइ गर्नुपर्ने माग राख्दै कानुन र विधिसम्मत् अदालतको विकृति हटाउनुपर्ने, माइट इज राइट होइन, रुल अफ लअनुसार चल्नुपर्ने, अदालत पनि सुध्रिनु पर्ने, न्यायाधीशहरू पनि इजलासमा फर्किनुपर्ने मागसहित कालो र सेतो दुइटै पट्टी बाँधेर प्रदर्शन गरेको कानुन व्यवसायी भूमिनन्द चुँडालले न्युज कारखानालाई जानकारी दिए । प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च अदालत परिसरमा आइतबार बिहानदेखि कानुन व्यवसायीहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  १२:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार