सोसल मिडिया
Contact Us
युनिकोड
कुवेत । कुवेतले लेबनानकाका लागि आफ्नो राजदूतलाई फिर्ता बोलाएको छ । कुवेतमा रहेका लेवनानी राजदूतलाई ४८ घण्टाभित्र लेवनान छोड्न निर्देशन दिएको राज्य सञ्चालित समाचार संस्था (कुना)ले विदेश मन्त्रालयलाई उद्धृत गरी जनाएको छ । “कुबेतले बेरुतमा रहेका लेबनानका राजदूतलाई ४८ घण्टामा देश छोड्न निर्देशन दिएको छ,” मन्त्रालयले सञ्चारमाध्यमलाई दिएको संक्षिप्त जानकारीमा भनिएको छ । लेबनानका सञ्चार मन्त्री जर्ज कोर्दहीले यमनमा भएको युद्धको आलोचना गरेपछि शुक्रबार साउदी अरब र बहराइनले पनि यस्तै कदम चालेका थिए । साउदी नेतृत्वको गठबन्धनले यमनमा अन्तर्राष्ट्रियरूपमा मान्यता प्राप्त सरकारलाई समर्थन गरेको छ । यूएईले कोर्दहीको टिप्पणीपछि लेबनानका राजदूतलाई बोलाउने निर्णय गरेको हो । कोर्दहीले राष्ट्रिय टेलिभिजनमा प्रशारित अन्तरवार्तामा यमनमा रहेका इरान समर्थित हुथी विद्रोहीहरूले यमनमा बाह्य हस्तक्षेपको विरुद्धमा जानकारी गराउँदै साउदी नेतृत्वको गठबन्धनले ‘घर, गाउँ, अन्त्येष्टि र विवाह समारोहसमेतमा बम विस्फोट’ गरेको बताएका छन् । अगस्तमा रेकर्ड गरिएको तर सोमबार प्रशारित अन्तरवार्तामा कोर्दहीले यमनमा भएको सात वर्षे युद्धलाई ‘व्यर्थ’ को हस्तक्षेप भन्दै यो ‘अन्त्य गर्ने समय’ भएको बताएका थिए । कुवेतको विदेश मन्त्रालयले लेवनानी राजदूतलाई देश छोड्न निर्देशन र आफ्ना प्रतिनिधिलाई फिर्ता बोलाउने निर्णय लेबनानी सरकारको “असफलता“मा आधारित भएको गल्फ कोओपरसन काउन्सिल सदस्य राष्ट्रहरूको संगठन जीसीसीले बताएको छ । जीसीसी साउदी अरब, कुवेत, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान र कतार सम्मिलित ६ सदस्यीय क्षेत्रीय निकाय हो । कुवेतको निर्णय ‘कुवेत र बाँकी जीसीसी राष्ट्रमा लागूपदार्थको कारोबार रोक्न, महामारीको निरन्तर प्रभाबलाई कम गर्न र बढ्दो तस्करीविरूद्ध जनशक्ति परिचालन रोक्न लेबनान गणतन्त्र सरकारले आवश्यक कदम चाल्न असफल भएकोले आएको मन्त्रालयको दाबी छ । संयुक्त अरब इमिरेट्स (यूएई) को तस्करीसम्बन्धी टिप्पणीहरू रियादको भनाइसँग पनि मिल्दोजुल्दो रहेको छ । शुक्रबार लेबनानबाट सबै आयातहरूमा निलम्बन लागू गर्दै साउदी अरबले लेबनानसँगको सम्बन्धमा समस्या देखिएको सङ्केत गरेको थियो ।– रासस/एएफपी