दाहाल–नेपाल समूहद्वारा काठमाडौंपछि बुटबलमा शक्ति प्रदर्शन

केही महिनाभित्रै ओलीको निरकुंशता चुट्कीको भरमा ध्वस्त पार्ने  ः दाहाल
बिहीबार, माघ १५, २०७७

रूपन्देही । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंपछि बिहीबार लुम्बिनी प्रदेशको बुटवलमा शक्ति प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटन गरी मध्यवधि चुनावमा जाने प्रधानमन्त्री केपी ओलीको ओलीको कदमपछि दाहाल–नेपाल समूहले राजधानीमा शक्ति प्रदर्शन गरेको केही दिनपछि लुम्बिनी प्रदेशको रुपन्देहीमा बिहीबार शक्ति प्रदर्शन गरेको हो । लुम्बिनी प्रदेशमा ओली समूहमा अर्थमन्त्री विष्णु पौडेल तथा प्रदेश मुख्यमन्त्री शंकर पोखरेल शक्तिमा छन् । यी दुई नेताको राजनीतिक भविष्यमा नै अप्ठ्यरो पर्नेगरी बिहीबारको शक्ति प्रदर्शनमा नेता कार्यकर्ताको उपस्थिति भएको दाहाल–नेपाल समूहका नेताहरुले दाबी गरेका छन् । 
शक्ति प्रदर्शनका लागि लुम्बिनी प्रदेशका प्रायः सबै जिल्लाबाट नेता कार्यकर्ता आएका थिए । जुलुसका कारण बुटबलको ट्राफिक व्यवस्थापन प्रभावित भएको थियो । 


स्थायी कमिटी सदस्यहरुले ¥यालीको नेतृत्व गरेका थिए । पार्टी नेता–कार्यकर्ता, जनवर्गीय संगठन, पेशाकर्मी, युवा, विद्यार्थी जुलुस तथा सभामा सहभागी भएका थिए । 
यही माघ ३ गते बसेको संघर्ष समितिको बैठकले प्रतिनिधिसभा विघटनको विरोध तथा लोकतन्त्र, संविधान र जनअधिकारको रक्षाका लागि माघ १५ गते बुटबलमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।  संसद् विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहको नेकपाले विरोध गर्दै आएको छ । दशौँ हजारको प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध राजधानी काठमाडौंमा भएको व्यापक स्तरको विरोध प्रदर्शनपछि लुम्बिनी प्रदेशमा त्यस्तै प्रकारको ठूलो प्रदर्शन भएको ठानिएको छ ।  दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा बिहीबार लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरेको विरोध सभामा अध्यक्ष दाहालले ओलीले जनताका सपनामाथि कुठाराघात गरेको बताए ।  ‘केपी ओलीले अहिले संविधानलाई अतिक्रमण गर्ने, लोकतन्त्रको हत्या गर्ने र कहीं न कहीं आफूलाई श्री ३ महाराजधिराज बन्ने सपना देखेका छन्’, उनले भने, ‘नेपाली जनताले अबको केही महिनाभित्रै ओलीको निरकुंशता पनि चुट्कीको भरमा ध्वस्त पार्नेछन्’ उनले भने, ‘केही महिनाभित्र, ओलीको स्वेच्छाचारिता अन्त्य हुनेछ । नेपाली जनता विजयी हुनेछन् ।’उनले आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री र पार्टी अध्यक्ष नै सामन्ती निरकुंशताको एजेन्ट जस्तो भूमिकामा देखा परेको दाबी गरे । ‘मैले बडो उदारतापूर्वक प्रधानमन्त्रीमा सहयोग गरें’, उनले भने, ‘तर, ओलीजी, पार्टी एकताको तीन वर्ष नपुग्दै एकताका बेला गरिएको सहमति र चुनावी घोषणा पत्रको मर्मविपरीत निरकुंशतातर्फ अघि बढ्नु भयो, यो भन्दा दुर्भाग्य अरु के हुन सक्छ ।’  ओली गलत बाटोबाट हिँडेको भन्दै आफूहरु देशलाई अब नयाँ युगतिर लिएर जाने अभियानमा लागेको दाहालको 

रिस उठ्यो कि पत्रकार–वकिललाई गाली’ 

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पन्ध्र वर्षअघि लोकतन्त्रको आन्दोलनमा सहभागी नभएका ओलीको वैशाखमा चुनाव हुने भविष्यवाणी विफल हुने बताएका छन् । विरोध सभामा नेता नेपालले ओलीले समयको गति बुझ्न नसक्ने व्यक्ति भएकाले समयको पछिपछि लतारिने दाबी गरे । 
‘केपी ओलीले न्यायपूर्ण आन्दोलनको अगुवा गर्नु भएको छैन’, नेपालले भने, ‘पछाडि बसेर अरुको बदख्वाँई गर्ने बानी परेको छ ।’ 
‘खालि बकबक गर्नुु हुन्छ’, उनले भने, ‘उहाँलाई रिस उठ्योस पत्रकार, वकिललाई गाली ग¥यो ।’ उनले ओलीले राम्रो संस्कार सिक्न जरुरी रहेको बताए । ‘ओलीमा मैमत्ता प्रवृति हाबी छ’, उनले भने, ‘यही प्रवृत्तिलाई निरंकुशता भनिन्छ ।’
 

प्रकाशित मिति: बिहीबार, माघ १५, २०७७  २१:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार