पनामाको नाइट क्लबमा गोली चल्दा पाँच जनाको मृत्यु

शनिबार, कात्तिक १३, २०७८

पानामा सिटी । पनामा सिटीको एक नाइटक्लबमा स्थानीय गिरोहबीच गोली हानाहान हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन् ।
पनामाका राष्ट्रिय प्रहरी आयुक्त रिकोर्टे डे ला एस्पाडाले ट्वीटरमा उल्लेख गरेअनुसार आज बिहान एस्पेसियो पानामा नाइट क्लबमा दुर्भाग्यपूर्ण घटना भएका थिए, जसमा पाँच व्यक्तिको मृत्यु भएको थियो र छ जना घाइते भएका थिए । घटना आपराधिक गिरोहबीचको भिडन्तको परिणाम भएको जनाइएको छ ।
प्रहरीले यसअघि नै दुई जनालाई पक्राउ गरिसकेको छ र क्लबमा भएको घटनासँग जोडिएको कार र हतियार बरामद गरेको छ ।– एएनआई/स्पुतनिक
 

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  १९:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार