चीनसँग पुनःमिलन बाहेक ताइवानको कुनै भविष्य छैन : विदेशमन्त्री वाङ यी

शनिबार, कात्तिक १३, २०७८

इटाली (रोम) । चिनियाँ विदेशमन्त्री वाङ यीले शुक्रबार ताइवानले चीनसँग पुनर्मिलन गर्नु बाहेक अर्को कुनै विकल्प नभएको र चीनको हिस्सा हुन्ु बाहेक यसको कुनै अन्तरराष्ट्रिय कानुनी हैसियत पनि नभएको बताएका छन् ।
संयुक्त राष्ट्र सङ्घमा ताइवानको अर्थपूर्ण सहभागिताको लागि अमेरिकाले आह्वान गरेको प्रतिक्रिया स्वरूप उनले  यस्तो टिप्पणी गरेका हुन् । रोममा हुने जी–२० शिखर सम्मेलन अघि वाङ यीले अमेरिका र केही अन्य देशले एक चीन सिद्धान्तलाई रोक्न नसक्ने बताएका छन् । मन्त्री वाङले एक चीनको विपक्षमा रहन खोज्ने २१औं शताब्दीमा सफल हुने सम्भावना धेरै कम रहेको र यदि तिनी निरन्तर त्यसै किसिमले सक्रिय रहे भने ठूलो मूल्य चुकाउँनुपर्ने बताउँनुभएको छ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रलाई संयुक्त राष्ट्र प्रणालीमा ताइवानको अर्थपूर्ण सहभागितालाई समर्थन गर्न आह्वान गरेपछि वाङको यस्तो टिप्पणी आएको हो ।
ब्लिन्केनले एक विज्ञप्तिमा भनेका छन् । हामी सबै संयुक्त राष्ट्र सदस्य राष्ट्रलाई संयुक्त राष्ट्र प्रणालीमा र अन्तरराष्ट्रिय समुदायमा ताइवानको बलियो, अर्थपूर्ण सहभागितालाई समर्थन गर्न हामीसँग सामेल हुन् प्रोत्साहन गर्छौं ताइवानका एयरपोर्टमार्फत वार्षिक दशौं लाख यात्रु यात्रा गर्ने गरेपनि  ताइवानले अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन आइसीएओको त्रैवार्षिक सम्मेलनमा प्रतिनिधित्व गरेको थिएन, ब्लिन्केनले उल्लेख गरेका छन् ।
सन् १९७१ मा चीनले आफ्नो ठाउँ लिएपछि ताइवानले संयुक्त राष्ट्रसङ्घ छोडेको थियो । त्यसयता ताइवानलाई महासभा र अन्य विश्व मञ्चमा सहभागी हुन्बाट वञ्चित गरिएको छ ।– रासस/एएनआई
 

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  १९:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार