संसद् अधिवेशन अन्त्य 

शनिबार, कात्तिक १३, २०७८

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको चालू अधिवेशन शुक्रबार राति १२ बजदेखि अन्त्य गरेकी छन् । 
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेको सिफारिसअनुसार चालू अधिवेशन अन्त्य गरेकी हुन् । यही कात्तिक २९ गते सोमबारका लागि तोकिएको प्रतिनिधिसभाको बैठक र गत असोज २५ गते बसेको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  ०६:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार