प्रतिबन्धहरु खुकुलो बनाउँदै अष्ट्रेलिया 

शनिबार, कात्तिक १३, २०७८

क्यानबेरा (अष्ट्रेलियो) । अष्ट्रेलियाको क्यानबेरामा कोरोनाभाइरस नियन्त्रणका निम्ति लगाइएको प्रतिबन्ध क्रमशः सहज बनाइदैछ । अष्ट्रेलियाको राजधानी क्षेत्रका बासिन्दाहरूलाई घर बाहिर जादा मास्क लगाउन अनिवार्य हुनेछैन । अगस्टको शुरुदेखि पहिलो पटक क्यानबेराका कला र मनोरञ्जन स्थलहरू लगायत सिनेमाघर र नाट्यशालाहरूमा सिट क्षमताको ७५ प्रतिशतसम्म मात्र व्यवस्थापन गरेर पुनः खोलिएका छन् । आतिथ्य स्थलहरूको लागि संरक्षक क्यापहरू भित्र अधिकतम २५ व्यक्तिहरू सम्म बस्न मिल्ने बनाइएको छ । त्यसैगरी घरपरिवारमा १० जना पाहुना आवतजावतलाई अनुमति दिइएको छ । त्यसैगरी ३० जनासम्म मानिसहरू घर बाहिर भेला हुन सक्नेछन् । व्यामशाला र अन्य क्लबहरू सञ्चालनका निम्ति अनुमति प्रदान गरिएको छ ।
सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले ५० वर्षभन्दा माथिका ८५.२ प्रतिशत र ७० वर्षभन्दा माथिका करिब ९० प्रतिशतलाई कोरोना भाइरसविरुद्ध पूर्ण खोप लगाइएको जानकारी दिनुभएको छ ।उहाँले घरमा निको हुने कोभिड–१९ बिरामीहरूलाई सहयोग गर्न प्राथमिक हेरचाह नेटवर्कका लागि १८ करोड अष्ट्रेलियाली डलर (१३५.४ मिलियन अमेरिकी डलर) कोषको घोषणा गर्नुभएको छ।– एएनआई/सिन्ह्वा
 

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  ०५:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार