चिनियाँ राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच फोनवार्ता 

शनिबार, कात्तिक १३, २०७८

लण्डन । वेलायतका प्रधानमन्त्री बोरिस जोनसोन र चिनियाँ राष्ट्रपति सि चिन पिङबीच कुराकानी भएको छ । आसन्न कोप–२६ को पूर्वसन्ध्यामा दुई प्रभावशाली मुलुकका शीर्ष नेताहरू बीचमा टेलिफोनमा कुराकानी भएको हो ।  उनीहरूबीचमा जलवायु परिवर्तन र त्यसका असरहरू न्यूनीकरण गर्न ठोस कदम चाल्नु पर्ने विषयमा कुराकानी भएको जनाइएको छ । विश्व व्यापार तथा आर्थिक सहकार्य, सुरक्षा, मानव अधिकारलगायतका विषयमा पनि दुई शीर्ष नेताले छलफल गरेका थिए ।  प्रधानमन्त्री जोनसोनको सचिवालयद्वारा जारी वक्तव्यमा चिनियाँ राष्ट्रपति सम्मेलनमा भौतिक रूपमा सहभागी नहुने भएकाले उहाँहरूका बीचमा फोनमा कुराकानी भएको उल्लेख गरिएको छ ।  वेलायतकै आयोजनामा आगामी आइतबारदेखि ग्लासगोमा दुई हप्ते शिखर सम्मेलन हुन लागेको छ । रासस/एएफपी 

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  ०५:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार