सुडानी सेनालाई ‘संयम’ बन्न संयुक्त राष्ट्रसङ्घको अपिल 

शनिबार, कात्तिक १३, २०७८


रोम । सुडानको सेनाले हालैका दिनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच घातक झडपपछि प्रदर्शनकारीप्रति ‘संयमता’ देखाउनुपर्ने संयुक्त राष्ट्रसङ्घले बताएको छ ।  सुरक्षाकर्मीले विपक्षी प्रदर्शनकारीहरूविरूद्ध बल प्रयोग गरी करिब दर्जन व्यक्तिको मृत्यु भएकोले यसलाई तत्काल रोक्न सम्बन्धित पक्षले वार्ता थाल्न आवश्यक भएकोे संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बताएका छन् । 
गुटेरेसले पत्रकारहरूलाई रोममा जी–२० शिखर सम्मेलन अगाडि भने, “शनिबार राष्ट्रसङ्घले यस सम्बन्धमा एउटा औपचारिक धारण जारी गर्नेछ । 
उनले थपे, “मैले सेनालाई अब अरू कुनै व्यक्ति सुरक्षाकर्मीको तर्फबाट पीडित हुनु गलत हुनेछ । यसका लागि सुडानको सेनाले संयम देखाउन आग्रह गर्छु । मानिसहरूलाई शान्तिसित प्रदर्शन गर्न दिनुपर्छ र यो जरूरी छ ।”
सुडानमा  एक हप्ताभित्र नयाँ प्रधानमन्त्री, सार्वभौम परिषद् चुनिने : अल–बुर्हान

सुडानका सशस्त्र बलका कमाण्डर–इन–चीफ अब्देल फताह अल–बुर्हानले सुडानमा नयाँ प्रधानमन्त्री र सार्वभौम परिषद् केही दिन भित्र चुनिने बताउँनुभएको छ । प्रधानमन्त्रीको निर्वाचन र सार्वभौम परिषद्का सदस्यहरूको नियुक्तिको समयबारे अल–बुर्हानले स्पुतनिकलाई  भने, “मलाई आशा छ केही दिन वा एक हप्ता भित्र नयाँ प्रधानमन्त्री र सार्वभौम परिषद् चुननेछ । ”
सुडानी सेनाले सोमबार बिहान प्रधानमन्त्री अब्दल्ला हामडोक र सरकारका अन्य सदस्यहरूलाई हिरासतमा लिएको छ। सुडानी संक्रमणकालीन सार्वभौम परिषद्का प्रमुख अल–बुर्हानले राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै आपतकालीन अवस्थाको चर्चा गर्दै सरकार विघटन गर्ने घोषणा गरेका थिए । मङ्गलबार हाम्डोक र उनकी श्रीमती राजधानी स्थित निवास फर्किएको जनाइएको छ। 

नाइजेरियाको प्रहरी कारबाहीमा ७१ तस्करको मृत्यु
नाइजेरियाको राष्ट्रिय प्रहरीले गएको दुई हप्तायता यहाँका डाँकू तथा तस्करका विरुद्धमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ७१ जनाको मृत्यु भएको छ । यहाँको प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरेर सो कुराको जानकारी दिएको हो । प्राप्त समाचारअनुसार सो कारबाहीका क्रममा अरु कैयौँ डाँकूलाई नियन्त्रणमा लिएर थुनामा राखिएको छ । 
१४ देखि प्रायः तस्कर र डाँकूहरुले दुःख दिने गरेको नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा सो कारबाही गरिएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार त्यस क्षेत्रमा यहाँको प्रहरीले अक्टोबर १४ तारिखदेखि यस्तो कारबाही गरेको हो । पत्रकार सम्मेलनका क्रममा यहाँको सेना तथा प्रहरीको संयुक्त फोर्सका तर्फबाट कुनै स्थानमा सेना तथा प्रहरी समेतको कारबाहीका क्रममा ती डाँकूहरु मारिएका हुन् ।–रासस/एएफपी  
 

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  ०५:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार