सोसल मिडिया
Contact Us
युनिकोड
याङ्गुन । देशद्रोह गरेको आरोपमा देश निकाला गरिएका नागरिक नेता आङ सान सुकीका निकट सहयोगीलाई शुक्रबार २० वर्षको जेल सजाय सुनाएको उनका वकिलले बताएका छन् । म्यानमारमा सन् २०२१ को फेब्रुअरी १ को विद्रोहदेखि नै राजनीतिक अस्तव्यस्तता देखिएको छ । एक स्थानीय मानव अधिकार अनुगमनकारी समूहका अनुसार यो अवधिमा राष्ट्रव्यापीरूपमा ठूला विरोध प्रदर्शनहरू भएका र सैनिक सरकारविरूद्ध प्रदर्शनका पक्षधर एक हजार १०० भन्दा बढी मानिसहरू सुरक्षा फौजद्वारा मारिएका छन् । वकिल माइन्ट थ्विनले एएफपीसँग भने, “यू विन एचटिनलाई विशेष अदालतले धारा १२४ ‘क’ अन्तर्गत २० वर्षको कैद सजाय सुनाएको छ । थ्विनका अनुसार संसद्का पूर्वसदस्यसमेत रहेका नेता एचटिन पुर्पक्षपछि जुन्ता प्रशासनले यति लामो कैद सजाय सुनाएका सुकीको नेसनल लिग फर डेमोक्रेसीको पहिलो उच्च पदस्थ सदस्य हुन् । ८० वर्षीय उनी लामो समयदेखि राजनीतिक कैदी हुन् । उनी लामो समयसम्म सैन्य शासनविरुद्ध प्रचार गरेको आरोपमा पक्राउ परी पुर्पक्षका लागि जेलमा रहँदै आएका थिए । गिरफ्तार हुनुभन्दा तीन दिनअघि उनले स्थानीय सञ्चारमाध्यमलाई सैन्य शासन ‘विवेकी निर्णय नभएको’ र यसले देशलाई गलत दिशामा लगेको बताइएको छ । सुकीलाई दशकौँसम्म जेलमा थुनेको, गैरकानुनी ढङ्गमा वाकीटकीहरू आयात गर्नेदेखि लिएर कोरोनाभाइरस नियमलाई बेवास्ता गर्नेजस्ता अभियोगहरूको सामना गर्नु परिरहेको छ । सेनाले पुर्पक्ष गरेको चार महिनापछि मङ्गलबार जुन्ता अदालतमा उनले पहिलो पटक बयान दिएकी मुद्दाबारे जानकार स्रोतले एएफपीलाई बताएको छ । न्यापितको विशेष अदालतमा सुकीको पुर्पक्षमा उपस्थित हुन सञ्चारमाध्यमलाई रोक लगाइएको छ र जुन्ताले हालै आफ्नो कानुनी टोलीलाई सञ्चारमाध्यमसँग कुरा गर्न प्रतिबन्ध लगाएको छ ।
म्यानमारका विद्यालय नोभेम्बरदेखि खुल्ने
म्यानमारका विद्यालयहरु अर्काे महिनादेखि खुल्ने भएका छन् । यहाँको सरकारले कोभिड १९ को महामारीका कारण विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरेको थियो । यहाँ कोभिडको महामारी केही घट्दै गएको पाइएपछि कोभिडका विरुद्धमा आवश्यक स्वास्थ्यका सुरक्षा मापदण्डहरु अपनाएर विद्यालय खोल्ने तयारी यहाँको सरकारले गरेको बताइएको छ । यहाँका अधिकारीहरुले म्यानमारका सबै निजी तथा सरकारी विद्यालयहरु र बौद्ध शिक्षा दिइरहेका बौद्ध गुम्बाहरु र अरु शिक्षण सस्थाहरु पनि खुल्ने भएका अधिकारीहरुले जानकारी दिएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले भने कोभिडको महामारी कम मात्र भएको र सबै नहटिसकेकाले सतर्कताका साथ विद्यालयहरु खोल्नुपर्ने सुझाव दिएका छन् ।– रासस/सिन्ह्वा