हिमाल आरोहणका क्रममा मृत्यु भएका डेनमार्कका नागरिकको शव उठेन

शुक्रबार, कात्तिक १२, २०७८

संखुवासभा :  विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणका क्रममा मृत्यु भएका डेनमार्कका नागरिकको शव १० दिन बित्दासमेत उठ्न सकेको छैन । 

गत कात्तिक १० गते मकालु हिमाल आरोहणका क्रममा मकालु गाउँपालिका–२ आधार शिविरभन्दा माथि शेर्पानिकोलमा डेनमार्कका नागरिक थोर्वजन एडर्शनको मृत्यु भएको थियो । 

डेनमार्क नागरिक थोर्वजन एडर्शनको शव  शेर्पानिकोलमै रहेको टोलीका सदस्य तथा नेपाली गाइड नीरज कार्कीले जानकारी दिए । डेनमार्कका नागरिक थोर्वजन शव ६ हजार दुई सय मिटरको उचाइको शेर्पानिकोलमा हिउँले पुरिएका कारण शव निकाल्न समस्या भएको कार्कीले बताए । 

थोर्वजन शव हेलिकप्टरमार्फत निकाल्न दुई पटक प्रयास गरे पनि हिउँका कारण नसकिएको कार्कीको भनाइ छ । बिहीबार हेलिकप्टरमार्फत घटनास्थल पुगे पनि प्रयास असफल भएको कार्कीले बताए । 

हिउँमा फसेका अन्य नौ जनाको हेलिकप्टरमार्फत उद्धार भइसकेको छ । गत असोज २५ गते ३ विदेशी पर्यटकसहित १० जनाको टोली ताप्लेजुङ हुँदै  मकालुतर्फ आधार शिविर गएका थिए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  २१:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार