डडेल्धुरामा घाइते अवस्थामा एक पुरुष फेला

शुक्रबार, कात्तिक १२, २०७८

डडेल्धुरा ।  गन्यापधुरा गाउँपालिका–३ मा नाम ठेगाना नखुलेको अन्दाजी ४५–५० वर्षीय पुरुष फेला परेका छन् । डडेल्धुरा प्रहरीका उनुसार उनी बोल्न जान्दैनन् । उनको मानसिक अवस्था ठिक नभएको, हात, मुख, आँखा र खुट्टामा चोटपटक पनि लागेकाले हिड्न नसक्ने अवस्थामा छन् । प्रहरीले ति पुरुषको उद्धर गरि डडेल्धुरा अस्पतालमा लगेको छ । उनलाई चिन्ने व्यक्तिले डडेल्धुरा अस्पताल डडेल्धुरामा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १४:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार