बारमा अधिवक्ताबीच हानाहान

शुक्रबार, कात्तिक १२, २०७८

काठमाडौं । नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान भएको छ । बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो । न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको बताइएको छ । सर्वोच्च अदालतका एसपी दीपक रेग्मीले दुई जना अधिवक्ताहरुबीच व्यक्तिगत विषयमा विवाद भएको बताए ।   'न्यायालय बन्धक बनाउन हुँदैन । सर्वसाधारणले दु:ख पाए । इजलास सूचारु हुनुपर्छ भन्दा ममाथि आक्रमण गरियो । अब म कानुनी उपचारमा जान्छु,' चुडालले भने ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १३:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार