एनएमबी लघुवित्तको लाभांश घोषणा

शुक्रबार, कात्तिक १२, २०७८

काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको सञ्चालक समितिको ११ कात्तिकमा बसेको बैठकले हाल कायम चुक्ता पुँजीको २१ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशमलव १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । यसअनुसार लघुवित्तले ११ करोड ६० लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ६१ लाख आठ हजार रुपैयाँ नगद लाभांश वितरणमा खर्च गर्नेछ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउनेछन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १२:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार