वर्षाले आहत कृषकलाई राहत दिने मन्त्रिपरिषद्को निर्णय

बिहीबार, कात्तिक ११, २०७८

काठमाडौं : सरकारले हालैको वर्षाबाट प्रभावित कृषकलाई राहत प्याकेज घोषणा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हालै तीन दिनको बेमौसमी अविरल वर्षाबाट धानबाली तथा अन्य खाद्यान्न बालीमा भएको क्षतिका लागि कृषकलाई राहत दिने निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए ।

उनका अनुसार १० कट्टा वालालाई ३५ प्रतिशतदेखि अधिकतम ६५ प्रतिशतसम्म, ३ विघासम्मलाई ३० प्रतिशत र त्यो भन्दा बढीलाई २० प्रतिशत राहतस्वरुप क्षतिपूर्ति दिने निर्णय भएको छ ।

राहत वितरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय कार्यदल बनाउने र कार्यदलले कार्यविधि बनाई स्वीकृतिका पेस गर्ने जिम्मेवारी दिइएको छ । 

प्रधानसेनापति शर्मा भारत भ्रमणमा जाने, मन्त्रिपरिषद्ले दियो स्वीकृत

सरकारले प्रधानसेनापति प्रभुराम शर्माको भारत भ्रमण स्वीकृत गरेको छ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवानेको निमन्त्रणमा सेनापति शर्मा २३ कात्तिकमा भारत भ्रमणमा जाँदैछन् ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानसेनापति शर्माको नेृतत्वमा भारत भ्रमण दल टोलीलाई स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

उनकाअनुसार बैठकले नेपाली सेनाका उपरथी सरोज प्रताप राणालाई रथी पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  २०:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार