भारतको त्रिपुरामा मुस्लिममाथि शृंखलाबद्ध हमला

बिहीबार, कात्तिक ११, २०७८

त्रिपुरा । मस्जिद र मुसलमानहरुको बस्तीमा आक्रमण भएपछि भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा तनाब बढेको छ । आक्रमणपछि त्रिपुराको सुरक्षा अवस्था कडा पारिएको छ । प्रभावित क्षेत्रमा भेला हुन रोक लगाइएको छ । हिन्दूको एउटा समूह र प्रहीबीचको झडपछि हिंसा भड्किएको थियो । बंगलादेशमा हालै हिन्दूमाथि भएका आक्रमणको बिरोधमा हिन्दूहरुले प्रदर्शन गरेका थिए । बंगलादेशमा मुसलमान समुदायमा आबद्ध एउट समूहले गरेको हमलामा हिन्दूहरुका दर्जनौ घरमा आगो लगाउनुका साथै मन्दिर तोडफोड गरिएको थियो । दुर्गा पूजा चलिरहेका बेला एउटा फेसबुक पोस्टमा मुस्लिम धर्मलाई निन्दा गर्ने एउटा सुनियोजित पोस्टपछि हिन्दू समुदाय आक्रमणमा परेका थिए ।  त्रिपुरामा पछिल्लो चार दिनमा धर्मसँग सम्बन्धित विषयमा १० भन्दाबढी स्थानमा धार्मिक हिंसा भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १४:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार