संंक्रान्ती बजारमा सिसी क्यामरा जडान

बिहीबार, कात्तिक ११, २०७८

तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारको शान्ति सुरक्षा तथा आपराधिक गतिविधि न्यूनीकरणका लागि सिसी क्यामरा जडान गरिएको छ । बढ्दो सहरीकरणसँगै बजार क्षेत्रको सुरक्षा तथा आपराधिक गतिविधि न्यूनीकरणका गर्ने उद्देश्यका साथ क्यामेरा जडान गरिएको गाउँपालिकाले जनाएको छ । बजार क्षेत्रको शान्ति सुरक्षाका लागि गाउँपालिकाको आर्थिक सहयोगमा क्यामेरा जडान गरिएकोे गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूले बताए । आठराई गाउँपालिकाको केन्द्रमा रहेको बजार क्षेत्रमा क्यामेरा जडान गरेपछि निगरानी गर्न थालिएको छ ।  सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री बनाएर गल्ती पत्ता लगाउन सजिलो हुने र कारबाही गर्न सकिने भएकाले प्रविधिको प्रयोग गरिएको हो । समाजमा हुन सक्ने चोरी तस्करी जस्ता अवैध तथा आपराधिक गतिविधिबाट समाजलाई जोगाउन, सवारी दुर्घटना नहोस् र भइहाले दोषी पहिचान गर्न क्यामेरा जडानले सहज हुने इलाका प्रहरी कार्यालय संक्रान्ति बजारका प्रहरी निरीक्षक शेषकराम थान्दारले बताए । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १३:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार