वैज्ञानिकले गरे आकाशगंगाबाहिर ग्रह रहेको संकेत 

बिहीबार, कात्तिक ११, २०७८

लन्डन । खगोलशास्त्रीले पहिलो पटक हाम्रो आकाशगंगाभन्दा बाहिर कुनै ग्रह भएको बताएका छन् । खगोलशास्त्रीले फेला पारेको  पिण्ड आकाशगंगाबाट २ दशमलब ८ करोड प्रकाशवर्ष टाढा छ । अमेरिकी अन्तरिक्ष निकाय नासाको चन्द्र एक्सरे टेलिस्कोपबाट सो पिण्ड फेला परेको  वैज्ञानिकहरुको भनाई छ । फेला पारेको भनिएको नयाँ ग्रह मेसीअर ५१ नामक आकाशगंगामा छ ।  अहिलेसम्म सूर्यबाहेक अरू ताराको परिक्रमा गर्ने झन्डै ५,००० वटा बाह्य ग्रह भेटिएका छन् । तर, ती सबै आकाशगंगामा छन् ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १२:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार