सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ 

बिहीबार, कात्तिक ११, २०७८

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छन् । निमोनिया भएपछि उनी वीर अस्पताल भर्ना भएर उपचार गराइरहेकी छन् ।  ‘मन्त्रीज्यू  अस्वस्थ हुनुभएको छ’, मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले न्युज कारखानासँग भने ।  बुधबार राति अस्पताल भर्ना भएर उपचाररत झाक्रीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १२:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार