पहिचानमा संकटः समुद्री ह्वेलले यसकारण गर्छन् मानिसको शिकार

बिहीबार, कात्तिक ११, २०७८

काठमाडौं । पछिल्लो समयमा समुद्री  ह्वेलले मानिसहरुलाई आक्रमणको निशाना बनाउन थालेका छन् । विशेषतः समुद्रमुनी अनुसन्धान र साहसिक गतिविधिमा जाने मानिसहरु ह्वेलको आक्रमणमा पर्ने गरेका छन् ।  तर, यस्तो आक्रमण बढ्नुमा ह्वेल माछा आफै झुक्किएर हो । उनीहरुले मानिसलाई समुद्री जनाबर सिल जस्तो मानेर आक्रमण गरेका हुन् । सिल सेता ह्वेल माछाको मन पर्ने शिकार हो ।  सेता ह्वेलले मानिसहरुलाई आक्रमण गरेपछि अस्ट्रेलियाका वैज्ञानिकहरुको एउटा समूहले यसबारेमा एउटा अध्ययन पनि गरेका थिए । उनीहरुले पौडी खेल्ने र सर्फबोर्ड चलाएका व्यक्तिहरुको भिडियो फुटेज अध्ययन गरेका थिए । सर्फबोर्ड समुद्रमा तैरिदा र हिउँमा स्केटिङ गर्दा प्रयोग हुन्छ ।  वैज्ञानिकहरुले भिडियो फुटेजलाई विभिन्न कोणबाट अवलोकन गरेका थिए  । अवलोकन गर्दा मानिस र सील दुरुस्तै देखिएका थिए । पानीमुनिको सतहबाट हेर्दा पनि सील र मानिसलाई छुट्टाउन वैज्ञानिकलाई नै हम्मे परेको थियो । मानिस र सीलबीचको आकार पनि दुरुस्तै देखिएको थियो ।  ‘वास्तवमा ह्वेलले मानिसलाई मार्ने रहेनछ , बरु सील जस्तो लागेर उनीहरुले आक्रमण गर्दा रहेछन,’ अनुसन्धान टोलीकी नेतृ डा. लाउरा रायन भन्छिन् ।  अनुसन्धानकर्ताहरू विशेषत सेता सार्कमा केन्द्रित  भएर अध्ययन गरेका थिए । यो पनि विश्वास गरिन्छ की सार्कले अन्य प्राणीले जस्तो रंग छुट्टाउन सक्दैनन् । अर्थात उनीहरुमा रंग छुट्टाउने क्षमता सीमित हुन्छ । ‘रंग छुट्टाउने उनीहरुको क्षमता हाम्रो भन्दा कमजोर हुन्छ,’ रायन भन्छिन् । सार्क जब बढ्दै जान्छ, उसका आँखा ठूलो हुन्छ । आँखा ठूलो भएपछि उनीहरुको फोकस एउटा भन्दा पनि धेरै बस्तुमा हुने गर्छ । 

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  ११:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार