न्यायाधीशहरु आन्दोलनमा, प्रधानन्यायाधीश धमाधम आदेश दिदै 

बुधबार, कात्तिक १०, २०७८

काठमाडौं ।  सहकर्मी न्यायाधीशहरुको आन्दोलन सामना गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधवार (आज)बाट एक्लैले मुद्धाको सुनुवाई थालेका छन् । जबराको बर्हिगमन माग्दै सर्वोच्च अदालतका १५ जना न्यायाधीश इजलास बहिष्कार गरेर थप रणनीतिका लागि छलफलमा बसेपछि उनले बन्दीप्रत्यक्षीकरणसहितका मुद्धा राखेर आफ्नो एकल इजलासमा मुद्धाको सुनुवाई थालेका छन् । दुइदिनसम्म पेसी तोकेपनि आफ्नो इजलास नतोकेका जबराले राजीनामा नदिने भन्दै आजबाट इजलासमा मुद्धा आफुलाई समेत तोकेका छन् । असन्तुष्ट १५ जना न्यायाधीशहरु भने जबराको बर्हिगमन किन भन्ने विषयमा साझा लिखित धारणा तय गर्न तीन दिनयता छलफलमै छन् । सर्वोच्च अदालत एनेक्स भवनमा उनीहरु रणनीति बनाइरहेका छन् । तर जबराले भने इजलासमा सुनुवाई थालेका हुन् । सुनुवाई थालेपनि बहसका लागि कानुनव्यवसायीहरु भने इजलासमा पुगिसकेका छैनन् । एकजना कानुनव्यवसायी इजलासमा पुगेपनि प्रधानन्यायाधीश जबराले पाँचवटा निवेदनमा आदेश दिइसकेका छन् ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १२:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार