टुरिनलाई हराउँदै लिगकाे शीर्ष स्थानमा फर्कियाे एसी मिलान, अपराजित यात्रा कायमै

बुधबार, कात्तिक १०, २०७८

काठमाडौं : टुरिनविरुद्ध झिनो गोल अन्तरले विजयी हुँदै एसी मिलान इटालियन सिरी ए लिगकाे शीर्ष स्थानमा फर्किएको छ ।  मंगलबार राति भएको खेलमा मिलानले टुरिनलाई १-० गोल अन्तरले पराजित गरेको हो । 

घरेलु मैदान सान सिरोमा मिलानलाई जिताउन चेल्सीका पूर्वस्ट्राइकर ओलिभियर जिराउडले १४ मिनेटमा गरेको गोल निर्णायक बन्यो । बाँकी समय दुबै टोलीले गोलका अवसर सदूपयोग गर्न सकेनन् । 

जितसँगै अपराजित मिलान १० खेलबाट २८ अंक जोड्दै शीर्ष स्थानमा फर्किएको छ । मिलानले ९ खेल जित्दा १ खेलमा बराबर गरेको छ । 
दोस्रो स्थानमा ९ खेलबाट २५ अंक बनाएको नापोली छ । 

मिलानसँग पराजित टुरिन १० खेलबाट ११ अंकसहित १२औँ स्थानमा छ । 

मंगलबार राति भएका अन्य दुई खेलमा १० खेलाडीमा सीमित भेनेजियालाई सेलेर्निटनाले २-१ गोल अन्तरले पराजित गरेकाे छ । स्पेजिया र जिनोयाले १-१ गोलको बराबरी खेले ।

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  ०७:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार