कस्तो छ आजको मौसम ?

बुधबार, कात्तिक १०, २०७८

काठमाडौं :  आज बुधबार मुलुकका थोरै स्थानमा वर्षाको  सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मौसममा उल्लेखनिय प्रणाली छैन, जसले नेपालको मौसम प्रणालीलाई असर गरोस ।

यद्यपि, दिउँसो पहाडी भूभागमा बदली  रहने र देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । 

राति पहाडी भूभागका एक/दुई स्थानमा वर्षाको सम्भावना छ । 

बिहीबार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  ०७:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार