कांग्रेस तरुण विभागले साफ उपविजेता टोलीलाई सम्मान गर्ने

मंगलबार, कात्तिक ९, २०७८

काठमाडौं : पहिलो पटक साफ च्याम्पियनसिपमा उपविजेता भएको नेपाल राष्ट्रिय फुटबल टोलीलाई नेपाल कांग्रेस तरुण विभागले सम्मान गर्ने भएको छ । 

तरुण विभागले बुधबार १३औं संस्करणको साफ उपविजेता टोलीका सदस्यलाई सम्मान गर्ने कार्यक्रम राखेको हो । 

नेपाल फाइनलमा चिरपरिचित भारतसँग ३-० गोल अन्तरले पराजित हुँदै उपविजेता भएको थियो । माल्दिभ्सको मालेमा भएको साफमा नेपाल पहिलो पटक फाइनल पुगेको थियो । 

'सम्पूर्ण नेपालीलाई विजया दशमीको माहौलमा अन्तर्राष्ट्रिय सफलताको अर्को उपहार दिने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आगामी दिनमा खेल क्षेत्रमा थप सफलताका लागि उत्प्रेरणा मिलोस् भन्ने उद्देश्यसहित सम्मान कार्यक्रम राखिएको जानकारी गराउन पाउँदा तरुण विभागले गौरवान्वित महसुस गरेको छ', तरुण विभागले विज्ञप्तिमा भनेको छ । 

राष्ट्रिय सभा गृहमा हुने कार्यक्रममा गृह मन्त्री बालकृष्ण खाँड प्रमुख आतिथि रहेका छन् । विशेष अतिथिको रूपमा तरुण विभागका प्रमुख एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाको उपस्थिति रहनेछ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १९:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार