दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोहको निधन

मंगलबार, कात्तिक ९, २०७८

सोल । दक्षिण कोरियाका पूर्व राष्ट्रपति रोह टाइ वुको मङ्गलबार ८८ बर्षको उमेरमा निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उनी केही दिनअघि उपचारका लागि अस्पताल भर्ना भएका थिए । तर उनको स्वास्थ्यमा सुधार भएन र मङ्गलबार निधन भएको हो । 
पूर्व सेना प्रमुख समेत रहेका रोहले सन् १९८८ देखि १९९५ सम्म पाँच वर्ष दक्षिण कोरियाको राष्ट्रपति बनेका थिए । उनी राष्ट्रपति भएको बेला प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय व्यवस्थाको माग भएपछि त्यसलाई स्विकार्नु पनि भएको थियो । रोह डेमोक्रेटिक जस्टीस पार्टीका नेता हुन् । उनको जन्म सन् १९३२ को डिसेम्बर ४ मा दक्षिण कोरियाकै डाएगुमा भएको हो ।–रासस/एएनआई
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १६:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार