रुसी राष्ट्रपति पुटिन र बृटिश प्रधानमन्त्री प्रधानमन्त्री जोन्सनबीच फोनवार्ता

मंगलबार, कात्तिक ९, २०७८

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बृटिश प्रधानमन्त्री बोरिस जोन्सनबीच फोनवार्ता भएको छ । उनीहरुबीच सोमबार फोनवार्ता भएको रुसी राष्ट्रपति कार्यालयले जनाएको छ । उनीहरुबीच आपसी हित र द्धिपक्षीय सम्बन्धका विषयमा कुराकानी भएको सो कार्यालयले जनाएको छ । उनीहरुका बीचमा अन्तर्राष्ट्रिय विभिन्न विषय, विश्व राजनीतिका साथै कोरोना भाइरसको असरका बारेमा पनि कुराकानी भएको थियो । उनीहरुका बीचमा खासगरी जलवायु परिवर्तनका बारेमा विशेष कुराकानी भएको बताइएको छ । उनीहरुबीचमा जलवायु परिवर्तनका विषयमा हुन लागेको सयुक्त राष्ट्रसंघीय सम्मेलनका बारेमा कुराकानी भएको थियो । यसै हप्ता स्कटल्याण्डमा सयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन हुन लागेको छ । उक्त सम्मेलनको सफलताका लागि रुसी राष्ट्रपति पुटिनले शुभकामना व्यक्त गरेका थिए । उक्त सम्मेलनका मुद्दाका विषयमा उनीहरुबीच फोनमा कुराकानी भएको हो । साथै अफगानिस्तानको पछिल्लो अवस्थाका साथै युक्रेनको द्धन्द्धका विषयमा पनि उहाँहरुका बीचमा कुराकानी भएको बताइएको छ ।–रासस/सिन्ह्वा
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १६:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार