१५ न्यायाधीशको छलफल सकियो, प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडान कायमै

मंगलबार, कात्तिक ९, २०७८

काठमाडौं । सर्वोच्च अदालतका १५ न्यायाधीशको छलफल सकिएको छ ।  सर्वोच्च अदालत परिसरमा मंगलबार दिउँसो भएको छलफलमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने अडान कायमै रहेको र बुधबार फेरि बैठक बस्ने निष्कर्ष निकालिएको एक न्यायाधीशले जानकारी दिए । सोमबारसम्म १४ जना न्यायाधीश रहेकोमा मंगलबार न्यायाधीश कुमार चुँडाल थप भएका हुन् । प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म सुनुवाइ नगर्ने उनीहरूबीच आन्तरिक सहमति भएको छ । तर, प्रधानन्यायाधीश जबराले भने आफूले राजीनामा नदिने बरु प्रश्न उठेका सबै न्यायाधीशले सामूहिक राजीनामा दिए आफू पनि तयार रहेको जनाउ दिइसकेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १४:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार