प्रधानन्यायाधीश संकटमा परेपछि सर्वोच्चमा हाजिर भए विदा बसेका दुई न्यायाधीश

मंगलबार, कात्तिक ९, २०७८

काठमाडौं । सर्वोच्च अदालतका दुई न्यायाधीश काममा फर्किएका छन् । दशैंतिहार विदामा रहेका न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदी विदा कटाएर मंगलबारबाट अदालत फर्केका हुन् । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले चुडाल र सुवेदी अदालत हाजिर भएको बताए । उनकाअनुसार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र असन्तुष्ट न्यायाधीशको बैठकमा दुबै न्यायाधीश सहभागी भएका थिए । न्यायालयमा संकट गहिरिँदै गएपछि विदा बसेका चुडाल र सुवेदी फर्केका हुन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १३:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार