पोर्न भिडियोको नक्कल गरेर यौनजन्य गतिविधि देखाउन नमानेपछि भारतीय किशोरले गरे बालिकाको हत्या

मंगलबार, कात्तिक ९, २०७८

आसाम । भारतको उत्तरी आसाममा यौन कूलतमा फँसेका दुई किशोर पक्राउ परेका छन् । पोर्न भिडियोको नक्कल गरेर यौनजन्य  गतिविधि नगरेको भन्दै  एक बालिकालाई ढुंगाले हानेर हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुले आफ्ना अभिभावकको फोनबाट पोर्न फिल्म हेरेपछि बालिकालाई दुव्र्यबहार गरेका थिए । आक्रमणकारी बालिकाका छिमेकी रहेको बुझिएको छ ।अभिभावकको फोनबाट अनलाईन कक्षा लिने क्रममा ती किशोरहरु ‘पोर्न एडिक्ट’ बनेका थिए । अनलाईन कक्षामा यौनजन्य क्रियाकलाप हेरेपछि उनीहरुमा त्यसको कूलत बसेको थियो । पोर्न फिल्मको भिडियो नक्कल गरेर यौन आनन्द दिन किशोरहरुले ती बालिकालाई  दबाब दिएका थिए ।  बालिकाले अस्वीकार गरेपछि उनीहरुले ढुंगाले हानेका थिए । आक्रमणपछि अचेत बनेकी उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो । एक साताअघि भएको सो आक्रमणका दोषीलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरुसँगै अर्का एक किशोर पनि पक्राउ परेका छन् । उनले दुबै जनालाई आक्रमणको दुरुत्साहन गरेका थिए ।  इन्डो एशिया न्युज सर्भिस (आइएएनएस) ले गरेको एक अध्ययनमा भारत स्मार्टफोनमार्फत हुने विश्वकै ठूलो यौन बजार हो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १२:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार