जनआन्दोलनका योद्धा कायस्थको सम्झनामा अक्षयकोष स्थापना गरिने

मंगलबार, कात्तिक ९, २०७८

ललितपुर । प्रजातान्त्रिक आन्दोलनका योद्धा सुदन्दमेयर कायस्थको सम्झनामा अक्षयकोष बनाइने भएको छ । ललितपुरको चापागाउँमा आयोजित श्रद्धाञ्जली सभामा स्वर्गीय कायस्थका भतिज तरुण विभाग बागमती प्रदेश सचिव उमेश कायस्थले अक्षयकोष निर्माण गर्न प्रस्ताव गरेसँगै अक्षयकोष निर्माणको अभियान सुरु गर्ने भएको हो ।  कायस्थले कांग्रेस गोदावरी नगरपालिका सभापति प्रदीप जोशीको संयोजकत्वमा अक्षयकोष निर्माण गर्ने  कार्यक्रममा जानकारी दिइएको थियो । आर्थिक अवस्था कमजोर रहेको कायस्थको परिवारलाई तत्काल राहतका लागि एक लाख पार्टीका नेता कार्यकर्ताहरूले सहयोग गर्ने भएका छन् ।  कार्यक्रममा कांग्रेस नेता मिनकृष्ण महर्जनले १० हजार, पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले १० हजार, गोदावरी नगरपालिकाकी उपमेयर मुना अधिकारीले पाँच हजार, कांग्रेस गोदावरी नगर पूर्वसभापति सुरज श्रेष्ठले जनही पाँच हजार दिएका छन् । कार्यक्रममा उठेको ८७ हजार रुपैयाँ कायस्थ परिवारलाई हस्तान्तरण गरिएको थियो ।
गोदावरी कांग्रेसका नगरका पूर्वसभापति सुरज श्रेष्ठले परिवारको आर्थिक व्यवस्थापन मुख्य चुनौती रहेको बताए । कांग्रेस नेता महर्जनले कायस्थलाई उपचारका लागि आफूले व्यक्तिगत रूपमा सहयोग गरे पनि बचाउन नसकिएको बताए । उनले भने, ‘कायस्थको आर्थिक अवस्था कमजोर र रोगसँगै समयमै हेरचाह र उपचार नहुँदा अल्पायुमै ज्यान गयो ।’ उनले कायस्थको परिवारलाई रोजगारी र कोषका लागि सहयोग गर्न आफू तयार रहेको बताए । कांग्रेस नेता उदयशमशेर राणाले मेयरको सम्झनामा स्थापना गर्ने अक्षयकोषका लागि आफूहरूले सल्लाह गरेर सहयोग गर्ने बचन दिए । २०४२ सालमा नेपाली कांग्रेसले आयोजना गरेको सत्याग्रहमा भाग लिएपछि कायस्थ तत्कालीन सरकारले उनलाई ६ महिना जेल हालेको थियो । कायस्थ तत्कालीन समयमा नेपाली चलचित्रमा पोष्टरसमेत बनाउने गर्दथे । नेपाली चित्रकलामा उनको विशेष दख्खल थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  १२:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार