नेपाल एयरलाइन्सले आजदेखि साँफेबगर विमानस्थलबाट उडान भर्ने

मंगलबार, कात्तिक ९, २०७८

अछाम : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले आज मंगलबारबाट अछामको साँफेबगर विमानस्थलमा पनि उडान भर्ने भएको छ। निगमले आज दुईवटा उडान भर्न लागेको हाे ।

निगमका उपर्निदेशक रमेश पौडेलका अनुसार पहिलो उडान बिहान १० बजे धनगढीदेखि साँफेबगर र साँफेबगरबाट १०ः४५ बजे धनगढीका लागि उडान हुनेछ। दोस्रो उडान धनगढीबाट फेरि ११ः ३० बजेका लागि तय भएको र साँफेबगरबाट १२ः १५ बजे धनगढीका लागि उडान छ ।

धनगढीबाट अछाम र अछामबाट धनगढीका लागि ३७ सय ८५ कायम गरिएको छ । नेपालमा कोरोना महामारीका कारण गरिएको लकडाउनले उडान बन्द गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  ०७:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार