चिनियाँ राष्ट्रपति र बेल्जियमका राजाद्वारा कूटनीतिक सम्बन्धको ५० औँ वार्षिकोत्सवको सन्देश आदान–प्रदान

सोमबार, कात्तिक ८, २०७८

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र बेल्जियमका राजा फिलिपले सोमबार कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको उपलक्ष्यमा बधाई सन्देश आदानप्रदान गरेका छन् । 
आफ्नो सन्देशमा राष्ट्रपति सीले चीन–बेल्जियम सम्बन्धको विकासलाई ठूलो महत्त्व दिएको र कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठको अवसरमा राजा फिलिपसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् । राष्ट्रपति सीले चीन र बेल्जियमबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै आपसी सम्मान र आपसी हितका आधारमा आपसी सम्बन्धको निरन्तर विकास भइरहेको औँल्याएका छन् । 
राष्ट्रपति सीले सन् २०१४ मा आफू र राजा फिलिपले चीन–बेल्जियम सम्बन्धलाई चौतर्फीरूपमा मैत्री सहकारी साझेदारीमा स्तरोन्नति गरेको र द्विपक्षीय सहयोग आदान–प्रदान गर्दै सहयोगमा फलदायी नतिजा आएको कुरा स्मरण गरेका छन् । 
कोभिड–१९ महामारीको प्रकोपपछि दुई देशका जनतामा नयाँ किसिमको हार्दिक सम्बन्ध विस्तार भएको बताइएको छ ।– रासस/सिन्ह्वा

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  २१:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार