सोसल मिडिया
Contact Us
युनिकोड
बेइजिङ । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले अक्टोबर २७ देखि २९ सम्म ग्रीस, सर्बिया, अल्बानिया र इटालीको भ्रमण गर्ने भएका छन् । मन्त्रालयका प्रवक्ताका अनुसार मन्त्री वाङले ग्रीसका विदेशमन्त्री निकोस डेन्डियास, सर्बियाका विदेशमन्त्री निकोला सेलाकोभिक, अल्बानियाका विदेशमन्त्री ओल्टा झाका र इटालीका विदेशमन्त्री लुइगी डि मायोको निमन्त्रणामा भ्रमण गर्न लागेका हुन् कतारमा रहँदा तालिबान अन्तरिम सरकारका प्रतिनिधिमण्डलसँग भेटघाट गर्ने
विदेशमन्त्री वाङ यीले कतारमा अफगानिस्तानको तालिबानको अन्तरिम सरकारको प्रतिनिधिमण्डललाई समेत भेट्ने छन् । वाङ कतारका उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीको निमन्त्रणामा २५ देखि २६ अक्टोबरसम्म कतार भ्रमणमा जाँदै छन् ।–सिन्ह्वा