भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घट्यो

सोमबार, कात्तिक ८, २०७८

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घटेको छ । सरकारी अधिकारीहरुले पछिल्लो २४ घण्टामा १४ हजार ३०६ जना मात्रै नयाँ सङ्क्रमित भएको सोमबार जानकारी दिएका छन् ।  यसअघि झण्डै २० हजारको हाराहारीमा दैनिक सङ्क्रमित हुने गरेकोमा अहिले १४ हजार भएकाले घटेको देखिएको हो । भारतमा अहिले एक लाख ६७ हजार ६९५ जना सक्रिय सङ्क्रमित रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या २३९ दिनपछिकै सवैभन्दा कम रहेको पनि अधिकारीहरुले जनाएका छन् । भारतमा अहिले सक्रिय अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको ०.४९ प्रतिशत मात्रै हो । 
त्यसैगरी सङ्क्रमणमुक्त भएकाहरुको मात्र पनि महामारी फैलिएपछिकै सवैभन्दा धेरै रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।  मन्त्रालयका अनुसार कुल सङ्क्रमित मध्ये ९८.१८ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।–रासस/एएनआई
 

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  २१:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार