सोसल मिडिया
Contact Us
युनिकोड
काबुल । अफगानिस्तानको कृषि तथा पशुपालन मन्त्रालयले यहाँका युवालाई कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै कृषि तथा पशुपालनको बृद्धिका क्षेत्रमा कार्यक्रमहरु ल्याएको छ । सो मन्त्रालयले कृषिको विकासका माध्यमबाट यहाँका युवाहरुको रोजगारीमा बृद्धि गर्नुका साथै खाद्य उत्पादनका माध्यमबाट खाद्य संकट हटाउने कार्यक्रम ल्याएको हो । उक्त मन्त्रालयले शुक्रबार देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । उक्त कार्यक्रमलाई देशव्यापी रुपमा कार्यान्वयनमा ल्याइने र यसका माध्यमबाट अफगानिस्तानमा बेरोजगारी हटाई गरिबी निवारण गरिने कार्यक्रम रहेको सो मन्त्रालयले जनाएको छ । अफगानिस्तानको काम चलाउ सरकारको मन्त्रिपरिषदले पारित गरेर सो कार्यक्रम सञ्चालनको घोषणा गरिएको पनि कृषि तथा पशुपालन मन्त्रालयले जानकारी दिएको छ । यस अन्तर्गत अबका एक दुई दिनमै अफगानिस्तानमा कामका लागि खाद्यान्न कार्यक्रम घोषणा गरिने छ र यसअन्तर्गत लाखौँ मानिसहरुलाई काम लगाइने छ । उनीहरुले काम गरेबापत खाद्यान्न प्राप्त गर्नेछन् । यसबाट यहाँ अहिले देखिएको खाद्यान्नको संकट पनि हट्ने बताइएको छ । सो कार्यक्रममा सोमबार नै अफगानिस्तानको राजधानी काबुलमा काम थालिने छ । कृषि मन्त्रालयले दिएको जानकारीअनुसार सोमबार काबुलमा कम्तीमा पनि ४० हजार जना मानिस यस कार्यक्रम अन्तर्गत काम गर्नेछन् । यसमार्फत् उनीहरुले चामल, गहुँको पिठोलगायतका खाद्यान्न पाउने छन् । आधा भन्दा बढी अफगानीले तीव्र खाद्य अभावको सामना गर्नेछन् : संयुक्तराष्ट्र संघीय एजेन्सी
आउँदो जाडोयाममा २ करोड २० लाख भन्दा बढी अफगानहरु ‘तीव्र खाद्यान्न असुरक्षा’ को शिकार बन्नेछन्, संयुक्त राष्ट्र संघीय एजेन्सीहरुले बताएका छन् । पहिले नै अस्थिर अवस्थामा रहेको यस देशलाई विश्वको सबैभन्दा खराब मानवीय संकटको सामना गर्नुपर्ने चेतावनी दिइएको छ । यस जाडोमा लाखौं अफगानहरु आफ्नु देशबाट पलायन हुने या भोकमरी बीच छनौट गर्न बाध्य हुने विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बीस्लेले बताएका हुन् ।–रासस/सिन्ह्वा