राजदूतलाई फिर्ता पठाउने टर्कीको निर्णयको सर्वत्र विरोध

सोमबार, कात्तिक ८, २०७८

अंकारा । टर्कीले विभिन्न देशका राजदूतलाई फिर्ता पठाउने गरी गरेको निर्णयको विरोध भएको छ । राष्ट्रपति रिसेप तैयप एर्दोगानले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूतलाई फिर्ता पठाउने निर्णय शुक्रबार गर्नुभएको थियो । यहाँको सरकारको सो कदमको ती देशहरुले विरोध गरेका छन् ।
राष्ट्रपति एर्दोगानको शुक्रबारको आदेशपछि टर्कीले ती देशका राजदूतलाई आफ्नो देशले अस्वीकार गर्न वा सम्बन्धित देशमै फिर्ता पठाउन सक्नेछ ।
यहाँको सरकारले राज्यद्रोहको आरोपमा चार वर्षदेखि थुनामा राखका एकजना अभियन्ता ओजमुन कुभालालाई ती देशका राजदूतहरुले एक वक्तव्य प्रकाशन गरेर रिहा गर्न आग्रह गरेका थिए । राजदूतहरूको यस्तो वक्तव्यको टर्कीस् सरकारले विरोध गरेको थियो । उक्त वक्तव्यपछि नै उक्त कदम चालिएको हो ।
यो अवस्था भनेको राजदूतहरूको कूटनीतिक हैसियतलाई खारेज गर्नुका साथै अधिकांश अवस्थामा उनीहरूलाई फिर्ता पठाउने र राजदूतको मान्यता खोस्ने कदम हो । अघिल्लो साता अमेरिका, क्यानडा, फ्रान्स, डेनमार्क, जर्मनी, नेदरल्याण्ड, न्यूजील्याण्ड, नर्वे र स्वीडेनका राजदूतहरुले कुभालाको रिहाइको लागि संयुक्त विज्ञप्ति जारी गरेका थिए ।

राजदूत निष्कासनको धम्कीबाट जर्मनी चिन्तित

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले अङ्काराका लागि जर्मन राजदूत र अन्य नौ देशका सदस्यहरूलाई देश निकाला गर्ने धम्की दिएपछि जर्मनीले चिन्ता व्यक्त गरेको छ ।
जर्मन सरकारका प्रवक्ता स्टेफेन सेइबर्टले पत्रकारहरूसँगको कुराकानीमा टर्कीका राष्ट्रपतिले गरेको टिप्पणीबाट  आफूहरू चिन्तित र अन्योलमा रहेको बताएका छन् । 
उनले भने, यद्यपि टर्की पक्षबाट कुनै औपचारिक सूचना आएको छैन । हामी धम्कीबाट प्रभावित अन्य देशहररूसँग नजिकको परामर्शमा छौँ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले अङ्काराका लागि जर्मन राजदूत र अन्य नौ देशका सदस्यहरूलाई देश निकाला गर्ने धम्की दिएपछि जर्मनीले चिन्ता व्यक्त गरेको छ ।
जर्मन सरकारका प्रवक्ता स्टेफेन सेइबर्टले पत्रकारहरूसँगको कुराकानीमा टर्कीका राष्ट्रपतिले गरेको टिप्पणीबाट  आफूहरू चिन्तित र अन्योलमा रहेको बताएका छन् । 
उनले भने, यद्यपि टर्की पक्षबाट कुनै औपचारिक सूचना आएको छैन । हामी धम्कीबाट प्रभावित अन्य देशहररूसँग नजिकको परामर्शमा छौँ ।–रासस/सिन्ह्वा

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  २०:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार