हिन्द महासागरमा रसिया र चिनियाँ सेनाको संयुक्त अभ्यास

सोमबार, कात्तिक ८, २०७८

मस्को । हिन्द महासागरको पश्चिमी क्षेत्रमा रसियाली र चिनियाँ युद्धपोत विमानले पहिलो पटक संयुक्त सैन्य अभ्यास आयोजना गरेका छन् । रसियाको रक्षा मन्त्रालयले यसको पुष्टि गरेको छ । सैन्य अभ्यासमा दुबै देशका पाँच पाँच गरी १० ओटा युद्धपोत विमान प्रयोग भएका थिए । ती विमानले समुद्रमा १७ सय माइल पार गरेका थिए । रसिया र चीनका झन्डा प्रदर्शन, एशिया प्रशान्त क्षेत्रमा शान्ति र स्थिरता तथा दुबै देशका सामुद्रिक गतिविधिको प्रदर्शन संयुक्त अभ्यासको मुख्य उदेश्य रहेको जनाइएको छ । ‘गस्तीको समयमा युद्धपोतको समूहले पहिलो पटक जापानको सुगारु स्ट्रेट पार गरेको थियो । ’ रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  सुगारु स्ट्रेटले हिन्द महासागरसँग जापानको समुद्र जोड्छ । गस्तीबाहेक दुबै देशका नौसेनाले संयुक्त रणनीतिक अभ्यास गर्नुका साथै शृंखलाबद्ध सैन्य ड्रिल गरेको रसियाली रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।  दुबै देशबीच लामो समयदेखि सैन्य साझेधारी रहँदै आएको छ र उनीहरुले संयुक्त रुपमा सैन्य ड्रिल गर्दै आएका छन् । तीन वर्षअघि दुबै देशले  ‘भोस्ताक– २०१८ ’ नाम दिइएको सैन्य अभ्यास गरेका थिए ।  भदौमा रसिया र चीनका सेनाले संयुक्त सैन्य अभ्यास गरेका थिए । सैन्य साझेधारीबारे रसियाली राष्ट्रपति भ्लादमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता भएको थियो ।  दुई देशको सैन्य अभ्यासप्रति अमेरिकाले चासो देखाएको जनाइएको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १२:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार