नेपाललाई धर्म सापेक्ष बनाउन बुटवलमा धार्मिक कार्यक्रम, जगद्गुरु शंकराचार्यले प्रवचन दिँदै

सोमबार, कात्तिक ८, २०७८

बुटवल  :  सनातन धर्मको उद्गमस्थल मानिएको नेपाललाई धर्म सापेक्ष राष्ट्र बनाउन पहल गर्ने उद्देश्यसहित भैरहवा आएका जगद्गुरु शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वतीले सोमबारदेखि धार्मिक प्रवचन दिँदै छन् ।  

आइतबार भैरहवा आइपुगेका शंकराचार्यले सोमबार, मंगलबार र बुधबार तीन दिन भैरहवामा धार्मिक प्रवचन दिने र बुधबार नै भारत फर्किन कार्यक्रम छ ।  

जगदगुरुको भ्रमणको मूख्य उद्देश्य नेपालमा हिन्दु धर्मको प्रचारप्रसार गर्नु र धर्म निरपेक्ष रहेको नेपाललाई हिन्दु राष्ट्र कायम गराउन पहल गर्ने रहेको आयोजकको भनाइ छ ।  हिन्दु धर्मको उद्गमस्थल रहेको नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने ब्यासाचार्य किशोर गौतमको भनाइ छ ।

नेपालमै हिन्दु धर्ममाथि धार्मिक आक्रमण भइरहेको उनको भनाइ छ ।  भैरहवामा हुने ‘आध्यात्मिक जागरण विराट एकता धर्म सभा’मा भाग लिन सबैमा ब्यासाचार्य गौतमले आग्रह गरेका छन् ।

विश्व ओमकार एकता महाअभियानको आयोजनामा हुने कार्यक्रममा नेपालका धर्मगुरुहरू डा. चिन्तामणि योगी, ज्ञानानन्द स्वामी महाराज, आत्मानन्द गिरी महाराज, रमणा गिरीलगायत भारतबाट पनि १५ जनाभन्दा बढी धर्मगुरुहरूको सहभागिता छ । 

यस अतिरिक्त ओमकार समाजमा रहेका बौद्ध, जैन, शिख धर्म लगायतका धर्मगुरुहरू पनि कार्यक्रममा भाग लिने आयोजकको भनाइ छ ।

जगतगुरु शंकराचार्यले सनातन धर्मको रक्षा र प्रचारप्रसार गर्न चार दिशामा चार पीठ स्थापना गरेका थिए । चारवटा पिठमा चार जना नै शंकराचार्य छन् । भैरहवा आइपुगेका शंकराचार्य गोवद्र्धन धामका वर्तमान पिठाधीश हुन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  ०८:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार