कञ्चनपुरका बाढी पीडितसँग रमेश लेखक, राहत तथा बाँध निर्माणमा पहल गर्ने प्रतिबद्धता

आइतबार, कात्तिक ७, २०७८

महेन्द्रनगर :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले आज कञ्चनपुरका बाढीग्रस्त क्षेत्रमा गएर बाढी पीडितसँग भेटघाट तथा छलफल गरेका छन् । हालै आएको बेमौसमी बर्षाका कारण बाढीबाट जिल्लाको दोधारा-चाँदनी र भीमदत्त नगरपालिकाका विभिन्न ठाउमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो ।

बाढीबाट सबैभन्दा बढी क्षति भएको दोधारा-चाँदनीको वडा नम्बर ८, ९, १० का बाढी पीडितको भेटमा बाढी पीडितको लागि तत्काल राहत व्यवस्था गर्न सरकार र विभिन्न संघ संस्थासँग पहल गर्ने र दीर्घकालीन रुपमा महाकालीमा बाँध निर्माण भएको ठाउँमा बाँधको उचाई बढाउने र कुतियाकभरमा बाँध निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

पीडितहरुले बाढीका कारण करोडौको धानबाली नस्ट भएको र सयौं जना घरबारविहीन भएकाले राहत, पुनर्स्थापना र दीर्घकालीन रुपमा बस्ती जोगाउन पहल गरिदिन आग्रह गरेका थिए ।

दोधारा-चाँदनी नगरपालिकाका करिब ३ सय परिवार अहिलेसम्म पनि सरकारी स्कुलमा बसिराखेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासमेतको टोलीले ४ कात्तिकमा बाढीपिडित क्षेत्रको अवलोकन गरेका थिए ।

नेता लेखकले आफू सधै यस क्षेत्रको विकासको लागि सदैब तत्पर रहेको र बाढीपीडितका समस्या समाधानका लागि कुनै कसुर बाँकी नराख्ने बताए ।

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  २२:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार