किर्गिजस्तानमा अमेरिकी सैन्य अखडा नरहने 

आइतबार, कात्तिक ७, २०७८

बिस्केक । किर्गिजस्तानमा अमेरिकी सैन्य अखडा नरहने राष्ट्रपति सदिर झापारोभले शनिबार बताउनुभएको छ । “हामीसँग कान्ट सहरमा रुसी बेस छ । हामीलाई देशमा अमेरिकी सैन्य आधार चाहिँदैन । हाम्रो लागि एउटा सैन्य आधार पर्याप्त छ । राष्ट्रपति झापारोभले आफ्नो वार्षिक पत्रकार सम्मेलनमा भन्नुभयो, संयुक्त राज्य अमेरिका सैन्य अड्डासम्बन्धी सम्झौता धेरै वर्ष पहिले नै समाप्त भयो । संयुक्त राज्य अमेरिका र यसको उत्तर एट्लान्टिक सन्धि सङ्गठनका सहयोगीहरूले आतङ्कवादसँग लड्ने नाममा सन् २००१ मा मानस अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई अड्डा खोलेका थिए र सन् २०१४ मा सम्झौताको म्याद सकिएपछि बन्द गरिएको थियो ।– सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  २१:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार