केपी ओलीको झापा भ्रमण : कुमारी लिम्बूले मास्क खोल्न लगाइन्, विल्सनविक्रल राई भेट्नै पुगे

आइतबार, कात्तिक ७, २०७८

झापा । एमाले अध्यक्ष केपी ओली तीन दिने झापामा भ्रमणमा छन् । आइतबार बिहान काठमाडौंबाट झापा आइपुगेका उनले पारिवारिक र छिमेकीसँग भेटघाट गरेका छन् ।  झापाको भद्रपुर–१ स्थित पृथ्वीनगरमा ९३ वर्षीय बुबा मोहन ओलीलाई भेट्न पुगेका उनले सो क्रममा भाइ, भाइबुहारीसहित छिमेकीसँग पनि भेटघाट गरेका छन् ।  परिवारका सदस्यसँग कुराकानीपछि पुराना नेता, ज्येष्ठ नागरिक, गाउँलेसँग भेटघाट गरेका उनलाई छिमेकी कर्णबहादुर कार्कीले सञ्चो बिसञ्चो सोधे । ओलीले पनि उनकाबारे जिज्ञासा राखे ।  छिमेकी मन्दिरा कोइरालाले ओली आउँदा भेट हने र आफूहरूको गुनासो सुन्ने गरेको बताइन् ।  अर्की छिमेकी कुमारी लिम्बूले ओलीलाई मास्क खोल्न लगाइन् । लिम्बूले मास्क खोल्न भनेपछि ओलीले खोलेका थिए । त्यसपछि उनीसँग ओलीले फोटो पनि खिचे ।  सोही क्रममा कलाकार विल्सन विक्रम राईले ओलीलाई भेट्न पृथ्वीनगर पुगेका थिए । उनले पनि ओलीसँग तस्बिर खिचे । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १४:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार