अब एमालेका सबै पार्टी गतिविधि तुलसीलाल स्मृति प्रतिष्ठानबाटै भयाे समझदारी पत्रमा हस्ताक्षर

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं । एमाले र तुलसीलाल स्मृति प्रतिष्ठानबीच आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । आइतबार प्रतिष्ठानमा आयोजित कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेल र प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । साे अवसरमा एमाले उपमहासचिव विष्णु पाैडेल, शंकर पाेखरेल, विष्णु रिमाललगायत उपस्थित थिए । अब केही एमालेले केन्द्रीय कार्यालयबाट सम्पन्न गर्ने सम्पूर्ण काम प्रतिष्ठानबाटै हुनेछन् । प्रतिष्ठानमा रहेका दुई हल एमालेकै पार्टी गतिविधिका लागि प्रयोग गर्ने सहमति भएको हो । हुन त अहिले पनि एमालेको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक तुल्सीलाल प्रतिष्ठानमै बस्ने गरेको छ । एमालेको केन्द्रीय कार्यालय थापाथलीमा भए पनि ठाउँ अभावका कारण प्रतिष्ठानमा हुने गरेको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १४:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार