पूर्वसभासद हिराबहादुर केसी एमालेमै फर्किए 

आइतबार, कात्तिक ७, २०७८

काठमाडौं । पूर्वसभासद हिराबहादुर केसी एमालेमै फर्किएका छन् । एमाले विभाजन भएपछि नेकपा (एकीकृत समाजवादी)मा गएका उनी फेरि एमालेमै फर्किएका हुन् ।  आइतबार विज्ञप्ति निकालेर आफू एमालेमै रहेको उनले जानकारी दिएका छन् । एमाले विभाजनको पक्षमा कहिल्यै नरहेको भन्दै उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘म नेपाली जनताको प्रिय पार्टी विभाजनको पक्षमा कहिल्यै थिइँन, छैन र संलग्न हुन सक्दिनँ ।’
 

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १३:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार