क्षेत्रीडाँडो फेसबुक ग्रुपमार्फत बालबालिका आश्रमलाई सहयोग 

आइतबार, कात्तिक ७, २०७८

खोटाङ । खोटाङका युवाले सञ्चालन गरेको ‘क्षेत्रीडाँडो फेसबुक ग्रुप’ले बालबालिका सेवा आश्रमलाई सहयोग गरेको छ । जन्तेढुंगा गाउँपालिका-५ चिसापानी घर भई हाल इटहरी बस्दै आएका युवा उमेश कोइरालाले सञ्चालनमा ल्याएको फेसबुक ग्रुपमार्फत इटहरी उपमहानगरपालिका-४ स्थित निसहाय बालबालिका सेवा आश्रमलाई सहयोग गरिएको हो  । ग्रुपमार्फत आश्रममा रहेका ४१ जना बालबालिकालाई लक्षित गरेर एक हजार लिटर क्षमताको एउटा खानेपानी ट्यांकी, एक कार्टुन खाने तेल, दुई कार्टुन चाउचाउ, दुई कार्टुन फ्रुटी, १५ केजी दाल, छ केजी चना मटर र किशोरीका लागि ५० प्याकेट सेनेटरी प्याड वितरण प्रदान गरिएको छ । आश्रमको आवश्यकताका आधारमा आश्रमकी सञ्चालिका माता सुश्री गीता गौतमलाई सो सामग्री जुटाएर हस्तान्तरण गरिएको ग्रुपले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १२:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार