सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन माओवादीको सशस्त्र विद्रोहमा लागेर अयोग्य घोषित पूर्व लडाकुलाई बालुवाटार बोलाएर उनीहरूको समर्थन जुटाउने प्रयास गरेका छन् । पूर्वलडाकु नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग रुष्ट छ । जनमुक्ति सेना नेपाल र बहिगर्मित बाल सेनालाई बालुवाटार बोलाएर ओलीले उनीहरुका कुरा सुनेका थिए । सेना समायोजनका बेला प्रचण्डले सहयोग नगर्दा आफूहरुले दुख पाइरहेकोतर्फ उनीहरुले ओलीको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्री ओलीले दुबै संगठनका नेताहरुसँग जनयुद्धको अवधिमा गरेको योगदान, त्यागको सम्मान गर्ने आश्वसन दिएको बुझिएको छ । ओलीले भनेका छन्, ‘तपाईहरु ढुक्क हुनुस, हामी राजनीतिक रुपमा समस्याको वास्तविक समाधान गर्छौं । विगतमा जस्तो धोका पाउनु हुने छैन ।’ प्रधानमन्त्री ओलीले जनयुद्धका अवधिमा उनीहरुको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान रहेको जनाउँदै भने, ‘पहिलेको नेतृत्वले तपाईंका भावनाको दुरूपयोग ग¥यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ, यसरी मकहाँ आइरहँदा तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छाैँ । अब विगतमा जस्तो धोका पाउनुहुने छैन ।’ प्रधानमन्त्री ओलीले आन्दोलनका घाइतेहरुको उपचार खर्च व्यहोर्ने निर्णय भइसकेको जानकारी दिएका छन् । सहिद परिवारलाई एक घर एक राजेगारी, वेपत्ताहरुको अवस्था सार्वजनिक, संक्रमणकालीन न्यायका बाँकी काम छिटो टुंग्याउनुपर्ने लगायतका मागमा पनि प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् ।