हिउँमा फसेर भारतमा १२ पदयात्री मारिए

शनिबार, कात्तिक ६, २०७८

नयाँदिल्ली : हिमाञ्चल प्रदेश र उत्तराखण्डको बीचमा हिउँमा फसेर दुई छुट्टाछुट्टै टोलीका कम्तीमा १२ पदयात्रीको मृत्यु भएको अधिकारीले शनिबार बताएका छन्। उद्धार टोलीले शव निकालेर बेपत्ताको खोजी कार्य तीब्र पारेको छ । हिमाञ्चल प्रदेशको आपत्कालीन उद्धार केन्द्रका एक अधिकारीले  दिएको जानकारी अनुसार बिहीबार हराएका पर्यटकक बारेमा प्राप्त जानकारीअनुसार हिमाञ्चल प्रदेशबाट दुई शव र उत्तराखण्ड बाट पाँच शव र दुई घाइतेलाई बाहिर निकालिएको छ भने अन्य दुई जना अझै बेपत्ता छन् । यसैबीच, उत्तराखण्ड राज्य प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीले त्याहाँको माथिल्लो भागमा बेपत्ता पारिएका अर्को समूहबाट पाँच जनाको शव निकालिएको जानकारी दिएका छन् । मृत्यु हुनेमा भारतीय नागरिक रहेको बताइएको छ ।–एएफपी 
 

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार