प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक आज बस्दै

आइतबार, माघ ११, २०७७

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको सचिवालयको बैठकले आइतबार दिउँसो १२.३० बजे स्थायी कमिटी बैठक बोलाएको हो ।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल गर्न आइतबार स्थायी कमिटीको बैठक बस्ने जानकारी दिए । राजधानी काठमाडौँमा शुक्रबार शक्ति प्रदर्शन गरेको नेकपाले बैठकबाट थप सङ्घर्षका कार्यक्रम घोषणा गर्ने जनाएको छ । गत पुस ५ गते प्रतिनिधिसभाको विघटनपछि नेकपाले निरन्तर जनपरिचालनलगायतका कार्यक्रम अगाडि बढाउँदै आएको छ ।
 

प्रकाशित मिति: आइतबार, माघ ११, २०७७  ०४:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार